बहुल राष्ट्रिय राज्य स्थापनाका लागि संघर्ष जारी राख्ने महतोको चेतावनी

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष जारी राख्ने चेतावनी दिएका छन् ।

महन्थ ठाकुर पक्षले शनिबार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशको कार्यकर्ता भेलामा बोल्दै महतोले संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरेका छन् । 

बहुल राष्ट्रिय राज्य स्थापनाका लागि तराई र मधेस तयार रहेको भन्दै उनले पहाड र हिमालका जनतालाई पनि तयार हुन आग्रह गरे । बहुल राष्ट्रिय राज्य स्थापना गर्नैका लागि आफ्नो पार्टीको जन्म भएको उनले बताए । 

यसअघि महतोले केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएलगत्तै पदभार सम्हाल्दै ‘बहुल राष्ट्रिय राज्य स्थापना गर्ने’ अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि उनले माफी मागेका थिए ।





  • प्रकाशित मिति : साउन ३०, २०७८ शनिबार २०:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया