अफगानिस्तानका राष्ट्रपति घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । बिबिसीका अनुसार राष्ट्रपति घानीले देश छाडेर ताजकिस्तानतर्फ गएका हुन् ।

उनले तालिबान समूहले काबुललाई नियन्त्रणमा लिनुअघि देश छाडेको बिबिसीले जनाएको छ । घानीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेर भागेको बिबिसीले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिबान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।

तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।

तालिबान समूहले आइतबार राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार २०:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया