logo-img

अफगानिस्तानका विभिन्न सहरमा तालिबान विरुद्ध प्रदर्शन, गोली चल्दा एकको मृत्यु
फाइल फाेटाे

पूर्वी अफगानिस्तानको सहर जलालावादमा तालिबानले गोली चलाउँदा कम्तीमा पनि एक जनाको मृत्यु भएको छ । 

स्थानीय जनता सहरको एक चोकमा अफगानिस्तानको राष्ट्रिय झन्डा फर्फराउने कोसिस गरिरहेका थिए । सोही क्रममा तालिबान लडाकुले गोली बर्साउन सुरु गरेका थिए । यो घटना हिजो (बुधबार)को हो ।

जलालावाद, कुनार र खोस्त सहरमा तालिबान विरुद्ध विरोध प्रदर्शन भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 

यी तीन सहरमा गरिएको प्रदर्शनको आगो बिस्तारै देशभरै फैलिने कुरामा कुनै सन्देह छैन ।

अफगानीको प्रदर्शनले तालिबान तनावमा रहेको बताइएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ७:०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया