धादिङमा माेटरसाइकल र बस ठाेक्किँदा एककाे मृत्यु

धादिङमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । 

जिल्लाकाे नीलकण्ठ नगरपालिका-८ ससाह भदुवारमा बस र माेटरसाइकल ठाेक्किँदा माेटरसाइकलमा सवार साेही नगरपालिका-३ रिजालथाेककी अन्दाजी ३५ वर्षीय सुशीला भुजेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी भुजेललाई उपचार लागि धादिङ अस्पताल पुर्‍याएकाे केही बेरमै मृत्यु भएकाे थियाे ।

बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार बस,  मोटरसाइकल र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तर मोटरसाइकल चालक भने सम्पर्कमा आएका छैनन् ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ९:३४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया