ए डिभिजन लिगको तयारीमा सातदोबाटो युथ क्लब

सहिद स्मारक बी डिभिजन लिग च्याम्पियन हुँदै २३ वर्षपछि शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले ए डिभिजन लिगको तयारीमा छ । लिगकै लागि विभिन्न अन्य क्लबले खेलाडी अनुबन्ध गरिरहँदा सातदोबाट भने मौसमअनुकूल सहिद स्मारक ए डिभिजन लिगको तयारी गरिरहेको छ ।

बी डिभिजन लिगको सुखद् अन्त्य गर्दै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लब अहिले लिग खेल्न आतुर छ । खेलाडी अनुबन्ध र प्रायोजक भेला पार्ने कामलाई क्लबले तीव्रता दिइरहेको छ । 

सातदोबाटोले किन भने शीर्ष डिभिजन खेल्न क्लबका लागि स्तरीय र बलिया प्रतिस्पर्धीको चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसका लागि क्लबले केही अनुभवी र केही पुराना खेलाडीको संयोजन गरेको छ । समय र मौसम अनुकूल खेलाडीलाई प्रशिक्षण गराइरहेको छ । ए डिभिजनमा उक्लिएका सातदोबाटोको लक्ष्य शीर्ष तीनभित्र रहेर लिग सक्ने योजना रहेको क्लबका अध्यक्ष कपिल राना मगरले बताए ।

यसअघि बी डिभिजनमा दुई सिजन उपाधि नजिक पुगेर पनि वञ्चित भएको थियो । तीतो अनुभवलाई क्लबले २३ वर्षपछि पूरा गर्दै ए डिभिजनमा उक्लिएको थियो । सातादोबाटो स्थित एन्फा मुख्यालयमा भएको त्यो क्षणमा खेलाडी निकै हर्षित देखिएका थिए ।

०५७ मा स्थापना भएको सातदोबाटो सी डिभिजन र त्यसको १० वर्षपछि बी डिभिजनमा उक्लेको थियो । उक्त अवधिमा बिमल केसी क्लबका अभिन्न सदस्य थिए । जसले आफ्नो क्लब बढुवा भएसँगै सन्न्यास लिएका थिए । 

उनको टोलीले बी डिभिजन लिगमा ११ मध्ये ९ खेल जित निकाल्दै ए डिभिजन लिग खेल्ने यात्रा तय गरेको थियो । बी डिभिजन लिगमा उत्कृष्ट खेल प्रदर्शन गरेका वसन्त तामाङले बलिया क्लबको चुनौतीलाई सामना गर्दै राम्रो नतिजाका लागि ए डिभिजन लिग खेल्ने बताए ।



क्लबलाई खेलाडी अनुबन्ध र क्लब सञ्चालन गर्न आर्थिक पाटो निकै महत्वपूर्ण हुन्छ । क्लबको आफ्नो भवन भएकाले बहालबाट उठ्ने रकम र एन्फाले दिने तयारी खर्च क्लबका केही सहयोग हुनेछ । तर, सञ्चालनका लागि पर्याप्त भने हुने छैन । प्रायोजकसँग कुरा भइरहेको र गतिलो प्रायोजक खोज्ने काम भइरहेको क्लबका अध्यक्ष रानामागरले बताए ।

त्यसो त एएफसीका क्लब लाइसेन्सिङका मापदण्डजस्तै आफ्नै अभ्यास मैदान, एकेडेमी सञ्चालनलगायत मापदण्ड पूरा गर्न पनि क्लबका लागि अर्को चुनौती छ । शीर्ष डिभिजनमा उक्लिएको क्लबलाई बलिया क्लबको सामना गर्न पक्कै सहज भने छैन । एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु पनि सातदोबाटोका लागि ठूलो चुनौती रहेको छ ।



  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १८:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया