घरघर गएर अघिल्लो सरकारका सहयोगी खोज्दैछ तालिबान

संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार तालिबानले पछिल्लो समय नेटो सेना तथा अफगान सरकारसँग जोडिएका व्यक्तिहरुको खोजी गरिरहेको छ । रिपोर्टअनुसार तालिबानका लडाकुहरुले घरघरमा गएर त्यहाँका परिवारका सदस्यहरुलाई धम्काइरहेका छन् ।

राष्ट्रसंघको यो रिपोर्ट आए पनि यसअघि तालिबानले चाहिँ आफूहरुले कसैसँग पनि बदलाको भाव नराख्ने बताएका थिए ।

तर, अफगानीहरु प्नि तालिबानको सन् १९९० को क्रुरता देखेर तालिबान बदलिने सम्भावना कम हुने बताइरहेका छन् ।

अर्को एक रिपोर्टमा पनि अहिले तालिबानले अफगानी जनतालाई उनीहरुले आत्मसमर्पण नगरेमा ठूलो सजायँ भोग्न तयार हुनु पर्ने भन्दै धम्काइरहेको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १०:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया