सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न प्रधानमन्त्रीलाई आग्रह

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी तत्काल दक्षिण एशियाली सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गर्न आग्रह गरेको छ । 

नेपाल सार्कको अध्यक्ष भएको नाताले उक्त बैठकको आयोजना गर्नुपर्ने समाजका प्रतिनिधिले बताएका थिए । अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुशल आ–आफ्नो देश फिर्तीका लागि बैठकको आवश्यकता रहेको समाजले जनाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समाजले आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन÷निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न आग्रह गरेको छ । 

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमा समेत ध्यानाकर्षण गराइएको समाजले बताएको छ । 

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न रहेका थिए । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १३:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया