विश्व बैंले अफगानिस्तानमा विभिन्न परियोजनाका लागि दिँदै आएको आर्थिक सहायता रोकेको छ । अफगानिस्तानमाथि तालिबानको नियन्त्रण कायम भएपछि विश्व बैंकले सहयोग रोकेको हो ।
तालिबानको नियन्त्रणमा गएपछि परियोजनाहरुमा नराम्रो असर पर्ने र महिलामाथि हिंसाका घटना बढ्नसक्ने चिन्ता विश्व बैंकले गरेको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि सहयोग रोकेको थियो ।
यस्तै अमेरिकाले त्यहाँ रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम समेत रोक्का गरेको छ । विश्व बैंकका प्रवक्ताले भनेका छन्, ‘ हामीले आर्थिक सहायता रोकेका छौं । आफ्ना नीति र प्रक्रियाबाट अफगानिस्तानको अवस्था नजिकबाट नियालिरहेका छौं । साझेदारहरुसँग मिलेर मानिसलाई सहयोग जारी राख्नेछौं।’
शुक्रबारमात्रै विश्व बैंकले काबुलबाट आफ्ना कर्मचारीहरुलाई सुरक्षित रुपमा निकालेर पाकिस्तान लगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।