नेपाल–थाइल्याण्ड संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल–थाइल्याण्ड संयुक्त आयोगको पाँचौ बैठक आज सम्पन्न भएको छ । भर्चुअल रुपमा गरिएको उक्त बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री भरतराज पौड्याल र थाइल्याण्डको नेतृत्व थाइल्याण्डको विदेश मन्त्रालयका स्थायी सचिव थानी थोङफकडीले गरेका थिए । 

बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आगामी दिनमा दुई देशबीच हुने सहयोगमा क्षेत्रमा पनि बैठकमा छलफल भएको थियो । 

कोभिड–१९ ले थपेका चुनौतीका विषयमा छलफल गरिएको थियो । महामारी विरुद्धको अभियानमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता बैठकमा गरिएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १७:६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया