तालिबानले भिडियो खिचेको आरोपमा पत्रकारलाई बन्दुकले पिटे

अफागानिस्तानमा तालिबानले भिडियो खिचिरहेका पत्रकारलाई बन्दुकले पिटेका छन् । अफगानी समाचार च्यानल ‘टोलो न्यूज’को क्यामेराम्यान र रिपोर्टरलाई तालिबानले बन्दुकले पिटेका हुन् । 

दुवै पत्रकारले काबुलमा बढ्दो वेरोजगार सम्बन्धी भिडियो तयार पारिरहँदा तालिबानले बन्दुकले पिटेको जनाइएको छ । तालिबानले बन्दुकले पिटेका पत्रकारमा जैर याद र बीस मजिदी रहेका छन् । 

राजधानी काबुलको सहर–ए–नीव क्षेत्रमा बेरोजगार तथा मजदुरसँग कुराकानी गरिरहेका बेला तालिबानले रोक्दै उनीहरु माथि कुटपिट गरेका थिए । 
‘हामीले हाम्रो आइडी कार्ड देखायौँ तर उनीहरुले हामीमाथि कुटपिट गर्न छोडेनन् । बन्दुकले हामीले पिटे । उनीहरुले हाम्रो मोबाइल र अन्य उपकरण पनि खोसे,’ पत्रकार जैरले बताए । 

टोलो न्यूज​का अनुसार अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि उनीहरुले थुप्रै पत्रकारमाथि कुटपिट गरेका छन् । 

एजेन्सी





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १७:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया