के एमबाप्पेकाे ट्रान्सफर सम्भव छ ?

यो वर्षको समर ट्रान्सफर विन्डो मंगलबार (आज)बाट सकिँदै छ । तर, फ्रेन्च युवा स्टार केलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट स्पेनिस क्लब रियल मड्रिड आउलान् भन्ने प्रश्न भने कायम नै छ । 

केही साताको छलफलपछि पनि एमबाप्पेको बारेमा कुनै टुंगो लाग्न सकेको छैन । ट्रान्सफर विन्डो सकिन केही घन्टा मात्र बाँकी रहँदा धेरैले एमबाप्पे रियल आउने विश्वास गर्न छाडी सकेका छन् तर क्लब भने अझै आशावादी छ । 

ट्रान्सफर विन्डो बन्द हुने समय नजिकिँदै गर्दा रियलका लागि एमबाप्पे भित्र्याउन गाह्रो पर्ने देखिए पनि असम्भव भने छैन । रियललाई ग्राह्रो बनाउने अर्को कारण हो- एडवार्डो कामाभिन्गाको ट्रान्सफर । यी युवा मिडफिल्डर पिएसजीको नजरमा थिए तर रियलले उनलाई अनुबन्ध गर्‍याे । कामाभिन्गाको अनुबन्धपछि पिएसजीले रियलसँग निकै चित्त दुखाएको छ । त्यसैले पनि सबैको नजर आज के हुन्छ भन्नेतिरै छ । 

ट्रान्सफर विन्डो सकिँनै लाग्दा अबका प्रत्येक घन्टा नाटकीय हुन सक्छन् । सोमबार मात्रै रियलका प्रतिनिधिले पिएसजीका माथिल्ला तहका पदाधिकारीलाई भेटेका थिए तर यसबाट कुनै निष्कर्ष भने निस्कन सकेन ।

रियलले एमबाप्पेका लागि १७० मिलियन युरो र १० मिलियन युरो बोनसको प्रस्ताव राखेको छ र यो नै अन्तिम हुने क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले बताइसकेका छन् । त्यसैले यो अवस्थामा सबैले कुर्ने भनेकै पिएसजीको निर्णय नै हो ।

पिएसजी र एमबाप्पेबीचको सम्झौता आगामी समरमा सकिँदै छ । यदि क्लबले यो वर्ष नबेचे पनि उनी अर्को वर्ष फ्रि एजेन्टका रूपमा अन्यत्र जाने सम्भावना रहन्छ।



एमबाप्पे आफै पनि पेरिस छाड्ने मनसायमा छन् । लियोलन मेस्सीको आगमनपछि उनले टिममा आफ्नो भूमिका र स्थिति कमजोर हुने अनुमान गरेका छन्, जुन स्वभाविक पनि हो । 

यस्तो अवस्थामा यो भन्न सकिन्छ कि एमबाप्पे ट्रान्सफर गाह्रो छ तर असम्भव छैन । हेरौँ अबका प्रत्येक घन्टामा के के हुने छन् ।  



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १२:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया