बाग्मती प्रदेश प्रमुख शर्माले काठमाडौंको सम्पर्क कार्यालय प्रयोग नगर्ने

बागमती प्रदेशका प्रमुख यादव शर्माले काठमाडौंमा उपलब्ध गराइएको आवास सुविधा नलिने बताएका छन् । सरकारले प्रदेश सरकारका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा सम्पर्क कार्यालय र आवासको सुविधा व्यवस्था गरेको छ । 
 
प्रदेश प्रमुख शर्माले काठमाडौंमा आफ्नै निवास भएकाले डाउनटाउन अपार्टमेन्टमा उपलब्ध गराइएको सम्पर्क कार्यालय प्रयोग नगर्ने घोषणा गरेका हुन् । शर्माले प्रदेश प्रमुखको कार्यालयका सचिवलाई सम्पर्क कार्यालय नराख्न भनिसकेको बताए । आफूसँग रहने सुरक्षाकर्मी र कर्मचारीलाई आफ्नै निवासमा दुईवटा कोठा दिएर राख्ने, तर राज्यको सुविधा नचाहिने उनले बताए । 

शर्माले भने, ‘यस्तो सुविधा दुरुपयोग मात्र होइन, बदमासी पनि हो भन्ने लागेर सम्पर्क कार्यालयलाई निरन्तरता नदिने निर्णयमा पुगेँ ।’ 

प्रदेश प्रमुख शर्माले संविधान र कानुनअनुसार आफ्नो तोकिएको भूमिकामा क्रियाशील रहने बताए । 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई बिदा गरेर शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार २०:५२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया