कांग्रेस सभापतिमा कल्याण गुरुङको दाबी

नेपाली कांग्रेसका नेता कल्याण गुरुङले सभापतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘१४ औं महाधिवेशनमा सभापतिको घोषणा गर्दैछु । कयौं देशमा मभन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेका छन् । बिपी कोइराला ३९ वर्षको उमेरमा कांग्रेसको नेतृत्वमा पुग्नुभएको थियो’, उम्मेदवारी घोषणा गर्दै उनले भने । 

आगामी मंसिर ९ देखि २३ सम्मका लागि महाधिवेशन हुने भएको छ । भदौ १८ गतेबाट कांग्रेसले तल्लो तहको अधिवेशन सुरु गर्दैछ । गुरुङले पनि यसअघि नै आफू सभापतिको उम्मेदवार बन्न लागेको घोषणा गर्दै आएका थिए । 

हालसम्म सभापतिका लागि विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने गगन थापाले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।






  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १५:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया