राशिद खानले छाडे टि-२० टिमको कप्तानी

युवा क्रिकेटर राशिद खानले अफगानिस्तानको टि-२० टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । 

उनले टि-२० विश्वकपका लागि घोषणा भएको टोलीप्रति असन्तुष्ट रहेका कारण उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । 

अफगानिस्तान क्रिकेट बोर्डले केही महिना अगाडि मात्र उनलाई टि-२० टिमको कप्तानी सुम्पिएको थियो । 

राशिदले कप्तानी छाडेसँगै अब अलराउन्डर महम्मद नाबीले अफगानी टोली सम्हाल्ने छन् । 

टि-२० विश्वकपका लागि घोषणा भएको अफगानी टोली :

राशिद खान, मुजीब उर रहमान, रहमानुल्लाह गुरबाज, करिम जन्नत, हजरतउल्लाह जाजाई, गुलबदीन नाइब, उस्मान घानी, नवीन उल हक, अस्गर अफगान, हमिद हसन, मोहम्मद नाबी, शराफुद्दीन अशरफ, नजीबुल्लाह जाद्रन, दावत जाद्रान, हशमतुल्ला शाहिदी, शापुर जाद्रन, मोहम्मद शहजाद, क्विस अहमद



वैकल्पिक : फरीद अहमद, अफ्सर जाजाई 
 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ११:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया