पाकिस्तानका वरिष्ठ पत्रकार रहीमुल्लाह युसुफजाईको बिहीबार पेशावरमा मृत्यु भएको छ।
उनका छोरा अरशद युसुफजाईले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको जानकारी दिएका हुन् ।
रहीमुल्लाह गत सालदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए । उनको उपचार पेशावरमा चलिरहेको थियो ।
रहीमुल्लाह पाकिस्तानको पेशावरमा ‘द न्युज’ आवासीय सम्पादक थिए । यति मात्र नभई उनले अन्तर्राष्ट्रिय पत्रिकाका लागि पनि लेख्ने गर्दथे । उनले लामो समयसम्म बिबिसी उर्दू र बिबिसी पश्तोको साथमा पनि काम गरेका थिए ।
उनी एकमात्र पत्रकार थिए जसले तालिबानका सर्वोच्च नेता मुल्ला मोहम्मद उमरसँग अन्तर्वार्ता लिएका थिए । उनी अल कायदा प्रमुख ओसामा बिन लादेनलाई पनि भेटेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।