कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक विदा

सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा भदौ २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते तराईका दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेश सरकारको २०७८ बैशाख १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली, कञ्चनपुरमा सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १३:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया