फ्रान्सले तालिबान सरकारलाई मान्यता दिँदैन : विदेशमन्त्री

फ्रान्सका विदेशमन्त्री ज्या य्वेस ले ड्रियानले तालिबानको नयाँ सरकारलाई मान्यता नदिने बताएका छन् ।

उनले तालिबानले झुठ बोलेको भन्दै तालिबानी सत्तालाई फ्रान्सले मान्यता नदिने बताएका हुन् । आइतबार कतारमा अफगानिस्तानबाट थप मानिसहरु बाहिर निकाल्ने विषयमा छलफल हुँदैछ ।

यसमा फ्रान्स पनि सहभागी हुनेछ। फ्रान्सका विदेशमन्त्रीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भने, ‘उनीहरुले विदेशी र केही अफगान नागरिकलाई स्वेच्छाले देश छाड्न दिने र समावेशी सरकार बनाउने बताएका थिए । यो झुठ साबित भएको छ ।’ 

उनले फ्रान्सले तालिबान सरकारलाई मान्यता नदिने र कुनै सम्बन्ध पनि नराख्ने स्पष्ट पारे । तालिबानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नका लागि केही कदम चाल्न आवश्यक रहेको पनि उनको भनाई थियो ।

फ्रान्सले अफगानिस्तानबाट करिब ३ हजार मानिसलाई सुरक्षित फिर्ता लगेको थियो । उनले अफगानिस्तानमा अझै पनि केही फ्रान्सेली नागरिक र फ्रान्ससँग जोडिएका अफगान नागरिक रहेको उल्लेख गरेका छन् ।  
 





  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ९:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया