काेराेना भाइरसबाट विश्वभर ४६ लाख ४७ हजारकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४६ लाख ४७ हजार ७९२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २२ करोड ५७ लाख ४१ हजार ८५५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ६३ हजार ९१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ८७ हजार ७९७ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ४३ हजार २१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



 

यसैगरी मेक्सिकोमा २ लाख ६७ हजार ९६९, पेरुमा १ लाख ९८ हजार ७९९, रुसमा १ लाख ९० हजार ७९३, बेलायतमा १ लाख ३४ हजार ७७२, इटालीमा १ लाख ३० हजार २७ र  कोलम्बियामा १ लाख २५ हजार ७१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



  • प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार ८:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया