श्रीलंकन ब्याट्सम्यान दिलशानले इपिइल खेल्ने

श्रीलंकाका ओपनिङ ब्याट्सम्यान दिलशान मुनावीराले चाैंथाे संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।

विराटनगरले चाैंथाे विदेशी खेलाडीको रूपमा श्रीलंकाका ३२ वर्षीय दिलशानलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

उनले श्रीलंकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय र २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

टि-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित कुल २१५ रन बनाएका दिलशानले एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनले मात्र १५ रन प्रहार गर्न सके । 

यसअघि विराटनगरले विदेशी खेलाडीको रूपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्ट इन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपललाई अनुबन्ध गरेको थियो । 

६ फ्रेन्चाइज टोलीको सहभागिता रहने इपिएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । 
 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ११:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया