परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीलाई कडा सजायको व्यवस्था गरेको छ । बोर्डले त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने जनाएको छ । 

पछिल्लो समय परीक्षा हलमा नै मोबाइल लगेर उत्तरपुस्तिकाको फोटो खिचेर टिकट बनाई सामाजिक सञ्जालमा राख्नेलगायत गतिविधि बढेको छ । यसप्रति बोर्डको ध्यानाकर्षण भएको भन्दै बोर्डले यस्तो चेतावनी दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजानु परीक्षाको मर्यादाविपरीत रहेको जनाएको छ । बोर्डले भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार २१:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया