अफगानिस्तानबारे अमेरिका र पाकिस्तानबीच छलफल, के भयो कुराकानी ?

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीबीच छलफल भएको छ ।

दुई देशका विदेशमन्त्रीबीच अफगानिस्तानको पछिल्लो घटनाक्रमका विषयमा चर्चा भएको थियो । ब्लिङ्कले बिहीबार न्युयोर्कमा कुरेसीसँगको छलफलका क्रममा अफगानिस्तानका विषयमा मिलेर काम गर्ने र ध्यान केन्द्रित गर्नका लागि धेरै विषयवस्तु रहेको जानकारी गराएका थिए । 

उनले अफगानिस्तान छाडेर जान चाहनेका लागि पाकिस्तानले गरेको सहयोगको प्रशंसा गरे । अमेरिकी विदेश विभागका प्रवक्ता नेट प्राइसले दुवै नेताले अफगानिस्तानको भविष्यबारे चर्चा गरेको जानकारी दिएका छन् ।

बैठकपछि कुरेसीले भने, ‘मैले एक समय अफगानिस्तानभन्दा अघि बढेर कुरा गर्नुपर्ने सोचेको थिएँ । तर अब अफगानिस्तानलाई अलग राख्न सकिदैन । हामीले आफ्ना साझा लक्ष्य प्राप्त गर्नका लागि एक साथ काम गर्ने तरिका खोज्नुपर्छ ।’

करिब १ घन्टा चलेको बैठकमा दुई नेताबीच व्यापार, लगानी, ऊर्जा, र क्षेत्रीय सम्पर्कमा आधारित सम्बन्धबारे पनि छलफल भएको थियो । अफगानिस्तानमा समावेशी राजनीतिक समाधान हुनुपर्ने पाकिस्तानको प्रतिबद्धतामा कायम रहेको उनको भनाई थियो ।

पाकिस्तानी समाचारपत्र डनले पाकिस्तानले लामो समयदेखि अमेरिकी नेतृत्वसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमका विषयमा अमेरिकासँग उच्चस्तरीय छलफल गर्न चाहेको उल्लेख गरेको छ । 
 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार ९:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया