मोदी र कमला ह्यारिसबीच भेट, दिए भारत भ्रमणको निम्ता

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएका बेला मोदीले ह्यारिससँग भेट गरेका हुन् । 

भारतीय मूलकी आमा र क्यारेबियन मूलका बाबुकी छोरी कमला ह्यारिस गत वर्ष अमेरिकाको उपराष्ट्रपति बनेकी थिइन् । उनी अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो महिला समेत हुन् ।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘भारत र अमेरिका स्वभाविक सहयोगी हुन् । हाम्रो मूल्य समान छ, हाम्रो भू–राजनीतिक हित समान छ ।’  

भारतीय प्रधानमन्त्री मोदीले ह्यारिसलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् । उनले भने, ‘भारतीय जनता तपाईंलाई स्वागत गर्न प्रतीक्षारत छन् ।’ 





  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १०:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया