केबल, टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने ऊर्जामन्त्री भुसालकाे प्रतिवद्धता
फाइल फाेटाे

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केबल, टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएकी छन् ।

बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने बताएकी हुन् ।

मन्त्री भुसालले सरकारले सञ्चारलाई गाउँ-गाउँमा पुर्‍याउनु पर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन् । उनले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्नेमा जोड दिइन् । 

उनले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरूको मागको हल निकाल्ने बताइन् ।

मन्त्री भुुसालले भनिन्, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो । यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको ठूलो हात छ । हामीले अहिलेको परिवर्तन, राजनीतिककर्मी, आम जनता र सञ्चारकर्मीहरूको कूल योगले पाएका हौँ । हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सातसयभन्दा बढी त एफएमहरू छन् । न्युज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो । अरू देशमा सरकारले बनाएका समाचार छाप्ने हो । हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनीकरण गर्नुहुँदैन ।

‘केवल टेलिभिजन व्यवसायी साथीहरूले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रले पनि दिएको छ । म त्यसलाई सम्मान गर्दछु । राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरू पनि हुनुहुन्छ । सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरूमा संसार छ, त्यसको नियमन, अनुगमन, नियन्त्रण कसरी गर्ने ?आदिबारे पनि चुनौतिहरू छन्, जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ । यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पार्ने भएकोले म यहाँहरूलाई के प्रतिवद्धता जनाउन चाहन्छु भने यहाँहरूका पेशागत जीवनमा परेका समस्या र चुनौतिहरूलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रुपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु’, मन्त्री भुसालले थपिन् ।



मन्त्री भुसालले सबैको अभिभावक भएकाले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन् । 



  • प्रकाशित मिति : असोज १३, २०७८ बुधबार १४:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया