प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असहिष्णु नबन्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक ओलीले बहिष्कार गरेको सन्दर्भमा उनले संवादमा आएर संसद्मा देखिएको गतिरोध अन्त्य गर्न सुझाब दिएका हुन् ।
नेकपा एमालेले संसद्को गतिरोध अन्त्यका लागि सभामुख अग्नि सापकोटाले पनि सर्वदलीय बैठक र प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्न माग गर्दै नेकपा एमालेले संघीय संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ ।
निर्वाच्न आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिएपछि सो निर्णयविरुद्ध एमालेले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन अवस्थामा छ ।
‘सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ । साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ । सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहिष्कार गरेर एकल मञ्चबाट असहिष्णु बात गर भन्दैन । श्रद्धेय केपी शर्मा ओलीज्यू, द्वन्द्वको हल हठ होइन, संवादले खोजौँ । गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौँ ।’
सर्वदलीय बैठकमा फरक मत राख्न सकिन्छ l साझा मत निर्माणको प्रयत्न गर्न सकिन्छ l सुसंस्कृत राजनीतिले सँगै बसेर समाधान खोज भन्छ, बहिष्कार गरेर एकल मंचबाट असहिष्णु बात गर भन्दैन l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 30, 2021
श्रद्देय @kpsharmaoli ज्यु, द्वन्दको हल हठ होइन संवादले खोजौं l गतिरोधले गिराउँदो छविप्रति गम्भीर बनौं l
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।