ललितपुरमा एमालेको विधान महाधिवेशन सुरु

नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । एमालेको राजनीतिक इतिहासमा पहिलोपटक हुन लागेको यो अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली गोदावरी पुगिसकेका छन् । 

उनी पुगेसँगै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले कार्यक्रम संचालन गरिरहेका छन् । 

कार्यकर्तालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘व्यवस्थापनका सन्दर्भमा केही समस्या रहेका हुनसक्छन् । हामीले हतारोमा यो कार्यक्रम आयोजना गर्‍याैं । कमरेडहरूलाई कहीं कतै खानपिनमा, यातायातमा, बस्ने कुरामा, दस्तावेजसहितको अन्य सामग्री प्राप्त गर्ने कुृरामा वा अन्य केही कुराहरूमा कमी भएको रहेछ भने ती कमीलाई आफ्नै घरको कमी ठानेर हामीलाई क्षमा दिनुहोला । चाहँदा चाहँदै पनि सबै कुरा पर्फेक्ट हुँदो रहेनछ ।’

गोदावरीमा आयोजना गरिएको यो महाधिवेशन तयारीका लागि ज्ञवाली निकै सक्रिय भएका थिए । ‘हामीले झण्डै २०/२२ दिन अघिबाट मात्र विधान महाधिवेशनको तयारी अगाडि बढाएका हौं । कमी भएका विषयलाई ठूलो नठानिदिनुहोला’, ज्ञवालीले ओली पुग्नुअघि नै नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने ।

गोदावरीमा आज बिहानैबाट बाक्लो संख्यामा नेताहरुको उपस्थिति देखिएको छ ।






  • प्रकाशित मिति : असोज १५, २०७८ शुक्रबार १३:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया