एमालेमा अब तीनवटा तह : केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय

नेकपा एमालेमा अब तीनवटा तह हुने भएका छन् । उपमहासचिव एवम् संगठन विभाग विष्णु पौडेलले समूहबाट आएका सुझावहरूको जवाफ दिने क्रममा अब पार्टीमा तीनवटा मात्र लेयर हुने जानकारी दिए । 

‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ । त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछ’, पौडेलले जवाफका क्रममा भने ।

ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिंग भएको पौडेलले जवाफ दिए । उनका अनुसार अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्रबराबर ५ जनाको दरले थपिने पौडेलले जानकारी दिए ।

यसैगरी पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिने पौडेलले बताए ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १४:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया