logo-img

नर्भिक​का​ संस्थापक बसन्तकुमार चौधरीको दुबईमा मुटुको शल्यक्रिया

नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको दुबईमा मुटुको शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको नर्भिक हस्पिटलद्वारा आजा जारी विज्ञप्तिमा जनाइएको छ ।  

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेकोछ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । 

सर्जरीपछि चौधरी पोस्ट अपरेटिङ केयरमा रहेका छन् । दुई दिनपछि चौधरीको डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १५:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया