रामेछापमा संस्थापनइतर पक्षका कान्छाराम सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको रामेछाप सभापति पदमा पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् ।  दोस्रो चरणको निर्वाचनमा प्रतिद्वन्द्वी लवश्री न्याैपानेले छाडेपछि उनी स्वतः निर्वाचित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा कान्छारामले ६६८ मत, न्यौपानेले ३५६ मत र कृष्णबहादुर महतले ३२८ मत प्राप्त गरेका थिए ।

उनी कांग्रेसमा संस्थापनइतर पक्षका नेता मानिन्छन् । न्यौपाने भने संस्थापन पक्षका हुन् । न्यौपाने प्यानलसहित सभापति पदको निर्वाचनमा होमिएका थिए । जबकि कान्छाराम एक्लै निर्वाचनमा गएका हुन् । पदाधिकारी पदमा उनको प्यानल थिएन ।





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १३:२७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया