logo-img

कांग्रेस गोरखाको सभापतिमा न्यौपाने निर्विरोध

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गोरखा जिल्लाको अधिवेशनबाट जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने (नन्दु) सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित न्यौपाने कांग्रेस केन्द्रीय सदस्य गगन थापानिकट मानिन्छन् । 

सोमबार भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो । उनलाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ । 

न्यौपानेको प्रस्तावकमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र समर्थकमा पर्यटन व्यवसायी राजेन्द्र बजगाईं रहेका थिए ।

यसअघि कांग्रेस गोरखाको मनोनीत सचिव रहेका न्यौपानेले आइतबार भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा गोरखा प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट सबैभन्दा धेरै मत पाएका थिए । 
 
उपसभापति, सचिव, सहसचिव, सदस्यलगायत पदमा भने २ जनाभन्दा धेरैले उम्मेदवारी दिएका कारण मंगलबार बिहान ८ बजेदेखि निर्वाचन हुने भएको छ । 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया