पूर्वयुवराज पारसको डेरामा चोरी गरेको आरोपमा सहयोगी पक्राउ

पूर्वयुवराज पारस शाहको पोखरामा रहेको डेराबाट सामान चोरी गरेको आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले उनको फ्ल्याटबाट सामान चोरी गरेको आरोपमा उनकै घरमा काम गर्ने २५ वर्षीय शुभ गौतमलाई पक्राउ गरेको हो । 

उनलाई आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

पारसको पोखरामा रहेको फ्ल्याटबाट क्यामेरा, आइप्याड, दुरबिन, फोनलगायत सामान चोरी गरी काठमाडौं आएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले चोरी गरिएका सामान बरामद गरेको छ भने गौतममाथि थप अनुसन्धान अघि बढाएको छ। 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार २०:५६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया