एनआरएनए कोषाध्यक्ष श्रेष्ठले गरे अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए)का कोषाध्यक्ष तथा संयोजक महेश कुमार श्रेष्ठले २०७७÷७८ असार मसान्तसम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन् । 

आगामी अक्टोबर २३ देखि २५ सम्म हुन गइरहेको गैरआवासीय नेपाली संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि कोषाध्यक्ष श्रेष्ठले आइएलओसहित प्रगति प्रतिवेदन तथा एनआरएनएको कार्यकालको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेका हुन् । 

लेखा परीक्षणको प्रतिवेदन आइसिसी सदस्य र एनसीसी समक्ष सेप्टेम्बर २३ तारिखमा इमेल मार्फत पेश गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । 

प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष श्रेष्ठले भने, ‘यस कार्यकालमा संस्थाको विगतदेखि वर्तमानसम्मको आर्थिक स्थिति सम्बन्धमा विस्तृत लेखा परीक्षण (डीडीए) रिपोर्ट तयार पारी विगतका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने कार्ययोजना तयार गरेर कार्यान्वयनमा ल्याएका छौँ । 

यस्तै सार्वजनिक प्रतिवेदनमा आन्तरिक लेखा परीक्षक नियुक्ति गरेर आन्तरिक लेखा परीक्षण गराउने कार्यको थालनी भएको र प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्ने पद्धतिको सुरुवात यसै कार्यकालदेखि कार्यान्वयन ल्याइएको उल्लेख गरिएको छ । 

संघका आर्थिक गतिविधिलाई पारदर्शी र व्यवस्थित बनाउन तथा आर्थिक सुशासन कायम गर्ने आर्थिक नियमावली निर्माण गरिएको समेत श्रेष्ठले बताए । 



उनका अनुसार पहिलोपटक बजेट बनाएर खर्च गर्ने परिपाटीको सुरुवात गरी वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 
 



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १२:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया