भाजपा अध्यक्षसँग नेपाली कांग्रेसका नेताहरुको भेटवार्ता

भारत भ्रमणमा गएका नेपाली कांग्रेसका नेताहरुले बिहीबार भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेका छन् । 

दुई पार्टीको सम्बन्ध सुधारका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा बिहीबार दिल्ली गएका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भाजपा अध्यक्षसँग भेटवार्ता गरेको हो । 

कांग्रेस नेताहरु बिहीबारै दिल्ली गएका थिए । अध्यक्ष नाड्डासँगको भेटवार्तामा दुई पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको भाजपाले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएको छ । 

आजाको भेटमा गत महिना नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवाले पनि सहभागी थिए ।

अध्यक्ष नाड्डाले भारत र नेपालको सम्बन्ध अझ सुदृढ बनाउन जोड दिएको भाजपाको आधिकारिक ट्विटर ह्याण्डलमा जनाइएको छ । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया