रियल मड्रिडलाई कारबाही गर्नुपर्ने लियोनार्दोको माग

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेल निर्देशक लियोनार्दोले स्पेनिस क्लब रियल मड्रिड विरुद्ध कारबाही प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन् ।

लियोनार्दोले पिएसजीका फरवार्ड केलियन एमबाप्पेको सरुवामा रियाल मड्रिडले देखाएको व्यवहारका कारण उमाथि कारबाही हुनुपर्ने बताएका हुन् । 

यो सिजनको अन्त्यसँगै पिएसजी र एमबाप्पेबिचको सम्झौता सकिदैछ । तर गत सिजनबाटै रियाल मड्रिड फ्रेन्च स्टारलाई क्लब भित्र्याउने दौडमा लागिरहेको छ । 

लियोनार्दोले पिएसजीले स्पेनिस क्लबबाट आएको प्रस्ताव पटक पटक अस्विकार गरे पनि रियाल मड्रिड एमबाप्पेलाई आगामी सिजन भित्र्याउने योजनामा रहेको आरोप लगाए । 

‘मड्रिडले एमबाप्पेलाई अनुबन्धन गर्ने प्रक्रियाबाट आफु अलग रहेको बताएको भए पनि उनीहरु भित्री रुपमा अझै उनकै पछि लागेका छन्,’ लियोनार्दोले भने, ‘पछिल्लो दुई वर्षदेखि उनीहरु यो विषयमा बहस गरिरहेका छन् । यसका लागी उनीहरुमाथि कारवाही हुनुपर्छ ।’ 

‘रियल मड्रिडको बोर्ड, प्रशिक्षक र खेलाडीहरूले समेत एमबाप्पेका बारेमा कुरा गरिरहेका छन् । मलाई लाग्छ यो उनीहरुको योजना र हाम्रो अपमान हो’ लियोनार्दोले थपे । 



एमबाप्पेले पनि सिजन सुरु हुनु अघि आफुले क्लब छाड्न चाहेको र रियाल मड्रिड एकमात्र गन्तव्य रहेको बताएका थिए । 



  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १५:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया