मोतीपुर घटनाः ४७ जना घाइते, प्रशासनले लगायो कर्फ्यू

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर चार जना सुकुम्बासीको ज्यान गएको छ । 

प्रशासनले उक्त ठाउँमा डोजर चलाउँदा यो झडप भएको हो । झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएको हो । मृत्यु हुने चारै जनाको परिचय खुलिसकेको छैन । उनीहरुको शव भैरहवाको युनिभर्सल मेडिकल कलेजमा राखिएको छ ।

आइतबार दिउँसो भएको घटनामा अन्य १६ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, नेपाल प्रहरीका १६ जना र सशस्त्र प्रहरीका १५ जना पनि घाइते भएका छन् ।

घटनापछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । 

प्रशासनले आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको हो ।






  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २२:२४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया