जसपा प्रदेश २ को अध्यक्षमा फेरि यादव चयन

जनता समाजवादी पार्टी (जसपा) नेपालको २ नम्बर प्रदेशको प्रदेश अध्यक्षमा फेरि विजय यादवलाई चयन गरिएको छ । जनकपुरधाममा जारी मधेश प्रदेश समितिको समायोजन बैठकबाट अध्यक्षमा यादवलाई चयन गरिएको हो । यसअघि यादवले पदबाट राजीनामा दिएका थिए । 

बैठकले १५१ सदस्यीय समिति समेत छनोट गरिएको जसपा मधेश प्रदेश समितिले जनाएको छ । प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् । 

जसपामा एक व्यक्ति एक पदको अवधारणा लागू गरेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका यादवलाई प्रदेश अध्यक्षबाट राजीनामा दिन पार्टी नेतृत्वले दबाब दिँदै आएको थियो । 

यादवले राजीनामा दिएपछि प्रदेश अध्यक्षमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बाल किशोर यादव, ज्ञानेन्द्रकुमार यादव, राजकिशोर यादव, शैलेन्द्र शाहलगायतका आकांक्षी देखिएका थिए । 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २२:५०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया