महिनौंदेखि सार्वजनिक स्थानमा नदेखिएका चीनका अर्बपति ज्याक मा हङकङमा देखिएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनी केही व्यापारी साथीहरुसँग खाना खाँदै गरेको अवस्थामा देखिएका थिए ।
पछिल्लो वर्ष अक्टोबरमा चीन सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा महिनौं ‘गायब’ भएका थिए । त्यसपछि उनी जनवरीमा देखापरेका थिए ।
अक्टुबर घटनापछि अलिबाबाका संस्थापक ज्याक मा एकदमै कम मात्र सार्वजनिक रुपमा देखा पर्दै आएका छन् ।
सन् २०२० अक्टोबरमा ज्याक माले भाषण गर्ने क्रममा चीनको नियामक प्रणाली माथि प्रश्न उठाएका थिए । त्यसपछि उनलाई चीन सरकारले निगरानीमा राखेको थियो ।
यतिमात्र होइन उनको एन्ट ग्रुप फिनटेक आर्मको ३७ अर्ब डलरको आइपीओ चीन सरकारले निलम्बन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।