म्यानमारका सैनिक शासकलाई आसियानको शिखर सम्मेलनमा सहभागी नगराउने

गत १ फेब्रुअरीमा म्यानमारमा सैनिक कु गरी सत्ता हत्याउने सैनिक शासकलाई आसियानको शिखर सम्मेलनमा सदस्य राष्ट्रले सहभागी नगराउने भएका छन् । 

दक्षिण पूर्वी एसियाली देशको संगठन आसियानले जनरल मिन अन्ग ह्वाइंगको स्थानमा म्यानमारबाट गैरराजनीतिक प्रतिनिधिलाई बोलाउने सहमति गरेको छ । 

आसियानले आम रुपमा कुनै सदस्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । आसियानको यो कदमलाई निकै ठूलो कदम मानिएको छ । 

आसियानले हिंसा रोक्नमा सैनिसक सरकार असफ भएको जनाएको छ । अगस्तमा जनरल मिनले आफूलाई प्रधानमन्त्री घोषित गरेका थिए ।

आसियानले एक वक्तव्य जारी गरेर शुक्रबार भएको विदेशमन्त्रीहरुको बैठकले सेनालाई म्यानमारको प्रतिनिधित्व गर्न दिनेबारे निर्णयमा नपुगिएको जनाएको छ ।

म्यानमारबाट गैरराजनीतिक व्यक्तिलाई सामेल गराउने भनिएपनि कसलाई बोलाउने भन्ने पनि टुंगो लागेको छैन । आसियानको शिखर बैठक २६ देखि २८ अक्टोबरमा हुँदैछ ।  





  • प्रकाशित मिति : असोज ३०, २०७८ शनिबार २०:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया