सिरी ‘ए’ : इन्टर मिलान लाजियोसँग पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा इन्टर मिलान पराजित भएको छ । उसलाई घरेलु टोली लाजियोले ३–१ ले हराएको हो ।  

सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर १० खेलाडीमा सीमित लाजियोसँग स्तब्ध बन्यो । 

खेलको १२औं मिनेटमा इभान पेरिसिचले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६४औं मिनेटमा सिरो इम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई  बराबरीमा ल्याए ।

८१औं मिनेटमा फिलिपे एण्डरसनले गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । थप गरिएको समयमा मिलिनकोभिच साभिकले गोल गर्दै लाजियोलाई ३–१ को जित दिलाए ।

थप गरिएको समयमै फिलिपे रामोसले रातो कार्ड पाएपछि लाजियो १० खेलाडीमा समेटिएको थियो ।



यो जितसँगै पाँचौं स्थानमा उक्लिएको लाजियोले ८ खेलमा १४अंक जोड्दा पराजित इन्टर समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा कायमै छ ।

लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा एसी मिलानले भेरोनालाई ३–२ ले पराजित गर्दा स्पेजियाले स्पोर्टिभा सालेर्निटानालाई २–१ ले हरायो ।  
 



  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार ८:३२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया