कोरोना अपडेट : ६६२ जनामा संक्रमण पुष्टि, १३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जम्मा ८ हजार ४२६ नमुना परीक्षण गरिएकोमा  ५३५ पिसिआरमा र १२७ जनाको एन्टिजेनमा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ  । यससँगै कुल मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ । 

थप ७५८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको मन्त्रालयले जनाएको छ । 

मुलुकभर हाल ११ हजार ५७९ सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १६:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया