logo-img

प्रधानन्यायाधीश र न्यायाधीशबीचको छलफल सकियो, न्यायाधीशहरुले भने– राजीनामा दिएर न्यायालयको साख जोगाउनोस्

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीचको छलफल सकिएको छ । 

छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई न्यायालयको साख जोगाउन मार्ग प्रशस्त गर्न आग्रह गरेको सहभागी एक न्यायाधीशले जानकारी दिए । 

न्यायाधीशहरुले वर्तमान अवस्थामा प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका थिए । 

प्रधानन्यायाधीशको भूमिकालाई लिएर पछिल्ला दिन राजनीतिक वृत र पूर्वन्यायाधीशहरुले  विरोध गरेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गरेका थिए । 

त्यसपछि सोमबार न्यायाधीशहरु बैठक बसी प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेका थिए । त्यसैको आधारमा आज प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल भएको हो । 

प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषद्मा कोटा मागेको देखि मुद्दाहरूमा 'बायस' भएकोसम्म आरोपसम्म लागेको छ । पछिल्ला दिनमा विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागिरहेका छन् । 






  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १२:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया