प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने नेपाल बार एसोसिएसन सल्लाहकार समितिको ठहर

न्याय क्षेत्रका सरोकारवाला संस्थाबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्ने क्रम जारी छ । यस क्रममा नेपाल बार एसोसिएसन सल्लाहकार समितिले पनि उनको राजीनामा मागेको छ । 

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीशले न्यायालयको गरिमा जोगाउन नसकेको निष्कर्ष निकालेको छ । न्याय सम्पादनमा आँच आएको भन्दै समितिले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने निर्णय गरेको हो । 

३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजीनामा मागेका थिए । 

प्रधानन्यायाधीश राणाले तोकेका इजलास अन्य न्यायाधीशहरुले अस्वीकार गरेपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएको छैन ।

सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश राणले भने विवादमा परेका सबै न्यायाधीशले राजीनामा गरेमा आफू पनि राजीनामा गर्न तयार रहेको बताएका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार १७:८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया