भाटभटेनीमा फोनपेमार्फत क्युआर स्क्यान गरेर सामान खरिद गर्न सकिने

भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपेमार्फत क्युआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । योसँगै उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् । 

बिीिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्युआर कोड उद्घाटन गरे । भाटभटेनीमा प्रभु बैंकमार्फत क्युआर स्क्यान राखिएको हो । बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आबद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले डिजिटल कारोबार अभियान सफल बनाउने श्रेय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिए । अभियान सुरु भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएको र डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएउनले बताए । 

यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिकोसँगको सहकार्य अर्को कोसेढुंगाा बन्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २१:३७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया