logo-img

अधिक रक्तस्राव भएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार
सांकेतिक तस्बीर

खोटाङमा सुत्केरी व्यथा लाग्दा अधिक रक्तस्रावको समस्याबाट गम्भीर अवस्थामा पुगेकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ । ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलकी २९ वर्षीया मोनिका राईलाई शनिबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

दुई दिनदेखि रक्तस्राव भएकी महिलालाई इमरजेन्सी वार्डमा भर्ना गरे लगत्तै अन्यत्र रेफर गरिएको हो । उनलाई काठमाडौं पठाइएको जिल्ला अस्पतालकी डा. नितु लामाले बताइन् । 

सामान्यतः ४० हप्तामा सुत्केरी व्यथा लाग्नुपर्नेमा राईलाई ३३ हप्ता ५ दिनमै सुत्केरी व्यथा लागेको पाइएको जिल्ला अस्पतालले जनाएको छ । भिडियो एक्स-रे गरेर हेर्दा बच्चाको सालसमेत तल रहेको पाइएको डा. लामाले बताइन्।

तेस्रो बच्चा जन्माउने क्रममा अधिक रक्तस्रावका कारण उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेको हो । 

अवस्था गम्भीर भएपछि स्वास्थ्य कार्यालयले पठाएको पत्र अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले हेलिकोप्टरको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई सिंहदरबारलाई पत्र पठाएका थिए ।

 



-न्युज कारखाना
 



  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार ७:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया