logo-img

पूरा हुन नपाएको जिदानको सपना

फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिड छोडेपछि आराम गरिरहेका छन् । 

खेलाडी र प्रशिक्षकका रुपमा सफल करिअर बिताएका जिदानले आफ्नो एउटा सपना रहेको र त्यो कहिल्यै पूरा हुन नपाएको स्वीकार गरे । त्यसले अहिले पनि उनलाई निराश बनाउँछ । 

एक खेलाडीको रूपमा जिदानले उत्कृष्ट क्लबहरू बोर्डो, युभेन्टस, रियल मड्रिडबाट खेले । तर एउटा क्लब थियो जसको लागि उनले कहिल्यै खेल्ने मौका पाएनन् ।

जिदान भन्छन्, ‘म मार्सेलीबाट हुँ । मैले सानो उमेरमै यो ठाउँ छाडेँ, तर म समय समयमा यहाँ फर्किरहेको हुन्छु, किनकि म यहीँको हुँ । यो नै मेरो परिचय हो र ​मार्सेलीप्रति मेरो धारणा यस्तै रहनेछ ।’

हालैको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘किशोर अवस्थामा म मार्सेलीको खेल हेर्थें र सोच्थे एक दिन यही क्लबबाट खेल्ने छु । तर यो कहिल्यै पनि पूरा हुन पाएन ।’

आफ्नो खेल जीवनलाई लिएर जिदानसँग पक्कै पनि कुनै गुनासो छैन्, तर कम्तीमा उनले मार्सेलीबिरुद्ध खेले र यसमै उनलाई गर्व लाग्छ ।



यस्तोमा एउटा प्रश्न भने उब्जिएको छ । जिदानले भलै खेलाडी भएर मार्सेलीबाट खेल्न पाएनन् । तर के उनी प्रशिक्षकका रुपमा टोलीसँग जोडिने छन् त ?

अहिले मार्सेलीले प्रशिक्षक जर्ज साम्पाओलीको नेतृत्वमा खेलिरहेको छ । सायद त्यस्तो दिन पनि आउने छ, जति बेला क्लबले गर्वसँग भन्ने छ, जिदान हाम्रा प्रशिक्षक हुन् । (स्पेनिस खेल पत्रिका मार्काबाट) 



  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १३:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया