१० भाइलाई आफ्नाे पार्टीमा आउन माधव नेपालको आह्वान
फाइल फाेटाे

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० भाइलाई आफ्नाे पार्टीमा आउन आह्वान गरेका छन् ।

एमालेमा गएर पछुताइरहेको भन्दै अध्यक्ष नेपालले अझै केही नबिग्रिएकाले आफ्नाे पार्टीमा आउन आग्रह गरे ।

मध्यपुर थिमिमा आयोजित शुभकामना आदानप्रदानमा उनले भने, ‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईंहरूले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ ।’ 

अध्यक्ष नेपालले आफूहरूसँग ईर्ष्या गर्नेहरूको हालत खत्तम हुने भन्दै त्यस्ताहरूको पछि कोही नलाग्न अनुरोध गरे । 

‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, 'हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।'

-न्युज कारखाना





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार ९:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया