logo-img

अन्तरिक्षमा दुई सय दिन, चार यात्रीले भोगेको सकस

पृथ्वीको कुनै एक ठाउँमा दुई सय दिन एकोहोरो बिताउने कार्य अधिकांशका लागि सकसपूर्ण बन्छ । तर संसारमा यस्ता मानिस पनि छन्, जसले दुई सय दिन अन्तरिक्षमै बिताइदिए । त्यतिमात्र होइन अब अन्तरिक्षमा जाने टोलीले त्यहाँ ६ महिना बिताउने छन् । 

यसरी दुई सय दिन पृथ्वीबाहिर बिताउने टोलीमा नासाका सेन किमबरा र मेगन म्याकआर्थर, जापानका अकिहितो होसिदे र फ्रान्सका थोमस पेस्कवेट थिए । उनीहरु सोमबार विहानै पृथ्वीमा फर्कनुपर्ने थियो, तर तीव्र हावा चलेका कारण समय ढिलो हुन गयो । खराब मौसमका साथै अन्तरिक्ष यात्रीको अज्ञात चिकित्सा स्थितिका कारण फर्कने समय केही पर धकेलिएको हो । 

उनीहरु स्पेसएक्सको क्याप्सुलबाट सोमबार राति पृथ्वीमा अवतरित भएका थिए । क्याप्सुल रातको अँध्यारोमा फ्लोरिडाको पेन्साकोला तटस्थित मेक्सिकोको खाडीमा उत्रेको थियो । उनीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट हिँडेको आठ घण्टापछि पृथ्वीमा टेकेका थिए । 

अन्तरिक्ष केन्द्रबाट नासाका अन्तरिक्ष यात्री मार्क वेन्डे हेईले आफ्ना साथी यात्रीहरूलाई बिदाइ गरेका थिए । त्यसबखत उनले भनेका थिए, ‘म आफ्नो नजिकै रहेको मोड्युलबाट आउने तपाईंहरुको आवाजको अभाव महसुस गरिरहेको हुने छु ।’ 

यी चार अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्कने बाटो अवश्य पनि सहज थिएन । उनीहरुको क्याप्सुलको शौचालय फुटेको थियो र तिनले यात्राको आठ घण्टा डाइपर लगाएका थिए । उनीहरु अन्तरिक्ष यात्रामा गत अप्रिलमा जानेबितिक्कै मिसन कन्ट्रोलले अन्तरिक्षमा फोहोरका एक टुक्रा क्याप्सुलसँग जुध्न सक्ने चेतावनी दिइएको थियो, तर त्यो पछि गएर गलत साबित भएको थियो ।  (एजेन्सी)





  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १३:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया