logo-img

गोकर्ण विष्टले भने– अब ओलीको पार्टीमा कुनै गुट छैन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले अब नेकपा एमालेमा कुनै पनि गुट बाँकी नभएको बताएका छन् ।

केपी ओली नेतृत्वको एमालेमा अब कुनै गुट नभएको बताउँदै उनले यसमा अब कुनै प्यानलसमेत पनि नभएको उनले बताएका छन् ।

‘यो पार्टी सांगठनिक हिसाबले पनि अहिले निकै राम्रो भएको छ,’ उनले भनेका छन्, ‘१० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढाउने छ ।’



उनले अब नेकपा एमालेमा कुनै पनि गुटको मनोविज्ञान पनि नभएको बताएका छन् ।

यसअघि माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी नखोल्दासम्म विष्ट नेपालसँगै थिए । तर, पछिल्लो समय नेकपा एमालेमा नै रहेका विष्टले व्यापक रुपमा नेपालको आलोचना गर्न थालेका छन् ।

त्यस्तै, उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि आलोचना गरिरहेका छन् । भक्तपुरको एक कार्यक्रममा बुधबार पनि विष्टले नेकपाको एकता टिक्न नसक्नुको प्रमुख दोषी प्रचण्ड भएको बताएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १८:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया