स्विट्जरल्याण्डले नेपाललाई दियो थप डेढ लाख मात्रा कोरोना खोप

स्विट्जरल्याण्डले नेपाललाई कोरोना भाइरसविरुद्धको झण्डै डेढ लाख मात्रा खोप उपलब्ध गराएको छ । नेपालले थप एक लाख ४४ हजार एस्ट्राजेनिका खोप प्राप्त गरेको हो । स्विट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । 

बिहीबार नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेका हुन् ।

राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको र अझै सहयोग गर्ने बताए । स्वास्थ्यसचिव डा. पोखरेलले सो खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए। 





  • प्रकाशित मिति : कात्तिक २५, २०७८ बिहीबार २०:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया