नेकपा एसमा प्रवेश गरेको हल्ला चलेपछि इटहरीका मेयरले भने– म एमालेमै छु

इटहरीका मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरीसहित एमालेका जनप्रतिनिधिहरु नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गर्ने हल्लाले शुक्रबार इटहरी तातेको छ ।

मेयर चौधरीको घरमा नेकपा एसका अध्यक्ष माधव नेपाल र मुख्यमन्त्री राजेन्द्र राईबीच भेटघाट रहेको र चौधरी, वडाध्यक्ष चन्द्र भट्टराईसँगै धेरै जनप्रतिनिधिहरु पार्टी प्रवेश गर्न लागेको भन्दै फेसबुकमा लेखिएपछि इटहरी तरंगित भएको हो । 

फेसबुकमा लेखिए अनुसार नेपाल, राईलगायत नेकपा एसका नेताहरु मेयर चौधरीको घर पुगेका थिए । 

नेकपा एकीकृत समाजवादी इटहरी नामक फेसबुक प्रोफाइलमार्फत यस्तो पोष्ट भएको थियो । 

केही समयअघि उनले एकीकृत समाजवादीका १ नं. प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग गफ गर्दै गरेको भनेर फोटो र घुँगी खाँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेका थिए । 

एमाले कम्पनीजस्तो भयो भनेर चौधरीले केही दिनअघि अधिवेशन आयोजक समिति गठन गर्न गरिएको भेला बहिष्कार गरेका थिए । इटहरीमा फेरी पनि मेयरको टिकटको दावेदारी दिएका चौधरीले सोको लागि पार्टीसमेत परिवर्तन गर्न सक्ने एकाथरीको आँकलन छ । 



चौधरीले भने आफ्नो काम आगो झोस्ने भएको भन्दै आगो झोस्दा डढेलो लागेको बताए । ‘बलदेव मेरो दाजु हो , दाजु घरमा आउँदा  नभेट्ने भन्ने हुन्छ ?,’ उनले भने । उपमहानगरको विकासको बिषयमा लिएर मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेको उनले बताए ।  उनले आफू एमालेमै रहेको समेत बताए । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १३:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया