नेपाल आइपुग्यो १ लाख ६२० डोज फाइजर–बायोएनटेक खोप

सरकारले नेपालमा पहिलोपटक १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्ने फाइजर–बायोएनटेक खोप ल्याएको छ । शुक्रबार  पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले यो खोप नेपाल आइपुगेको जनाएको हो ।  

कोभ्याक्स सुविधाअन्तर्गत आएको यो खोप पहिलो चरणमा १ लाख ६२० डोज मात्र नेपाल आइपुगेको हो ।  फाइजर–बायोएनटेक खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

यो खोप १२ देखि १७ वर्ष उमेर समूहका विशेषतः ८ प्रकारका दीर्घ रोगी बालबालिकालाई लक्षित गरेर लगाइने मन्त्रालयले जनाएको छ । 

दीर्घ रोग भएका बिरामीले पहिलो चरणको खोप लगाउन जाँदा उपचारसम्बन्धी पुर्जा र उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्नेछ । 

खोप कम मात्रामा आएको र लगाउने तरिका पनि फरक भएकाले ५० हजार बालबालिकालाई मात्र पहिलो चरणको खोप दिने तयारी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार पहिलो चरणमा देशका विभिन्न २४ वटा अस्पतालबाट यो खोप वितरण गरिने छ । 



यो खोपको ६० लाख डोज आउँदो डिसेम्बरमा नेपाल आइपुग्ने परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।  

उनका अनुसार डिसेम्बरमा आउने  फइजर बायोएनटेक खोप भने विद्यालय जाने बालकालिकालाई प्राथमिकतामा राखेर प्रदान गरिनेछ ।  



हाल सरकारले १८ वर्ष उमेर समूहमाथिका व्यक्तिलाई विभिन्न प्रकारको खोप लगाइरहेको छ । हालसम्म नेपालमा ५ प्रकारका कोरोना खोप प्रयोग गरिएको छ । अहिलेसम्म नेपालमा कोभिडसिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जेन्स नामको खोप लगाइँदै आएको थियो । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १४:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया